आजदेखि पोखरामा मेयर सम्मेलन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आजदेखि पोखरामा मेयर सम्मेलन


१३ श्रावण २०७९, शुक्रबार


पोखरा । पोखरामा आज (शुक्रबार)देखि मेयर सम्मेलन हुँदै छ ।

पोखरा महानगरको आयोजनामा ६ महानगरको सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा ६ वटै महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतहरु भेला हुनेछन् ।

महानगरले हालसम्म गरेका काम, राम्रा अभ्यासको अनुभव आदानप्रदान लगायत विषयमा छलफल हुनेछ ।

यस्तै, कानुनी अड्चनका विषयमा पनि कुरा गरिने मेयर धनराज आचार्यले बताए ।

उनले महानगरको छुट्टै सञ्चालन ऐन बनाउनका लागि पनि साझा धारणा खोज्ने बताएका छन् ।

महानगरको छुट्टै सञ्चालन ऐनबारे यसअघि पनि छलफलमा गएको थियो । तर कार्यान्वयन भएन ।

मेयरहरुले महानगर सुधारको साझा धारणा तय गर्ने र उक्त धारणा एकमुष्ट रुपमा प्रदेश र सङ्घ सरकारमा बुझाउने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस