२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

द्रौपदी मुर्मूलाई ‘राष्ट्रपत्नी’ भनेको भन्दै भारतीय संसदमा विरोध

अ+ अ-

काठमाडौँ । भारतको पश्चिम बङ्गालका काँग्रेस सांसद अधीर रञ्जन चौधरीले राष्ट्रपति द्रौपदी मुर्मूलाई ‘राष्ट्रपत्नी’ भनेको भन्दै भारतको संसदमा विरोध भएको छ ।

सत्तारुढ भारतीय जनता पार्टी विजेपीका सांसदहरुले संसदमा काँग्रेसले माफी माग्नु पर्ने भन्दै संसद (लोकसभा)मा विरोध जनाएका हुन् ।

चौधरीको टिप्पणीलाई लिएर विजेपी सांसदले होहल्ला गरेपछि संसद बैठक नै स्थगित भएको छ ।

संघीय मन्त्री स्मृति इरानीले काँग्रेसले मुर्मूप्रति घृणा र उपहास गर्ने गरेको आरोप लगाइन् ।

‘राष्ट्रपतिको उम्मेदवारका रुपमा द्रौपदी मुर्मूको नाम घोषित भएदेखि नै उहाँ काँग्रेसको घृणा र उपहारको सिकार बन्नुभएको छ,’ इरानीले संसदमा भनिन्, ‘काँग्रेस पार्टीले उहाँलाई कठपुतली भन्यो ।’

एक जना आदिवासी महिला देशको सर्वोच्च संवैधानिक पदमा पुगेको काँग्रेसले स्विकार्न नसकेको उनको आरोप छ ।

चौधरीले जिब्रो चिप्लिएर राष्ट्रपत्नी शब्द उच्चारण भएको भन्दै सफाइ दिएका थिए ।

‘दुई दिन अघि जब हामी विजय चोकतिर जाँदै थियौँ, हामीले कहाँ जाँदै हुनुहुन्छ भनेर सोधियो, मैले राष्ट्रपति भवन जान चाहेको र राष्ट्रपतिलाई भेट्न चाहेको बताउन खोजेको थिएँ, तर गल्तीले मुखबाट राष्ट्रपत्नी शब्द निस्कियो ।’

सत्ताधारी दलले तीललाई पहाड बनाएको चौधरीको आरोप छ । उनले भने, ‘मलाई थाहा छ भारतको राष्ट्रपति जो भए पनि हाम्रा लागि राष्ट्रपति नै हो, यो शब्द ९राष्ट्रपत्नी० एक पटक मुखबाट निस्कियो, सत्ताधारी दलका केहीले तीललाई पहाड बनाइरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस