भरतपुर अस्पतालमा बालकको मृत्युपछि आफन्तले उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कार्यकक्षमै थुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भरतपुर अस्पतालमा बालकको मृत्युपछि आफन्तले उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कार्यकक्षमै थुने


१२ श्रावण २०७९, बिहिबार


चितवन । चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक बालकको मृत्यु भएको घटनालाई लिएर पीडित पक्षले उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई अस्पताल भित्रै थुनेका छन् ।

पीडित पक्षले उपचारमा चिकित्सक तथा नर्सहरुले लापरबाही गरेको आरोप लगाएका छन् ।

भरतपुर महानगरपालिका वडा नं. १५ का एक बालकको उपचार क्रममा लापरबाही गरेको भन्दै आफन्तले अस्पतालका शिशु वार्डका डाक्टर, नर्स र पारामेडिक्स गरी १२ जनालाई उनीहरुकै कक्षमै थुनिदिएका हुन् ।

शोभा लम्साल र राम लम्सालको ३ महिनाको छोरा बिरामी भएपछि उपचारका लागि बिहीबार बिहान १० बजे अस्पतालमा ल्याइएको थियो । तर, उपचारको क्रममा बालकको दिउँसो ३ बजे मृत्यु भएको थियो ।

पीडित परिवारले समयमा नै चिकित्सकले उपचार नगर्दा बालकको मृत्यु भएको जनाएका छन् ।

उपचार छाडेर नर्सहरु वार्डमा नै नर्सहरु जन्मदिन मनाउन लागेको मृतक शिशुको आफन्तले आरोप लगाएका छन् ।

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले दूध सर्किएर बच्चाको मृत्यु भएको बताए । अस्पतालका बाल चिकित्सक डा. ओमकृष्ण पाठकले शिशुलाई बचाउन सक्दो प्रयास गरेको तर नसकेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस