राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित


१२ श्रावण २०७९, बिहिबार


काठमाडौँ । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक राष्ट्रियसभाबाट पारित भएको छ ।

प्रतिनिधिसभाबाट पारित भएपछि विधेयक राष्ट्रियसभामा पठाइएको थियो ।

आज (बिहीबार) को बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसपछि सभाको बहुमतबाट विधेयक पारित गरिएको हो ।

विधेयक अब प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नेपाल राजपत्रमा प्रकाशित गरिएसँगै कार्यान्वयन हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस