२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बोर्डको घोषणा : बुक बिल्डिङका लागि अटोमेटिक इलेक्ट्रोनिक सिस्टम बनाउनेदेखि ब्रोकर थप्नेसम्म

अ+ अ-

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

एक कार्यक्रमका बीच सार्वजनिक भएको नीति तथा कार्यक्रममा बोर्डले बुक बिल्डिङका लागि अटोमेटिक इलेक्ट्रोनिक सिस्टम बनाउने उल्लेख छ ।

बुक बिल्डिङ प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा रहेको अटोमेटिक इलेक्ट्रोनिक सिस्टम प्रयोगमा ल्याउने बोर्डले जनाएको छ ।

बजेटमा उल्लेख भएका १ अर्ब सोभन्दा बढी र पुँजी ५ अर्बभन्दा बढी कारोबार गर्ने प्राकृतिक स्रोतको प्रयोग गर्ने कम्पनीलाई सार्वजनिक निष्कासन गर्ने व्यवस्था कार्यान्वयन अगाडि बढाउने घोषणा पनि बोर्डले गरेको छ ।

नवप्रवर्तनका लागि पुँजी तथा व्यवसायिक ज्ञान परिचालन प्राइभेट गर्ने इक्विटी तथा भेन्चर क्यापिटल क्षतिपूर्ति कोषको व्यवस्था गरेर त्यसको जोखिममा आधारित सुपरिवेक्षणमा ‘म्यानुअल’ लागू गर्ने नीति पनि बोर्डले लिएको छ ।

वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) को नयाँ आवेदन माग गर्ने र लाइसेन्स दिने घोषणा पनि बोर्डले गरेको छ । यसअघि दुई पटक आवेदन माग भएकोमा खारेज भएको थियो ।

थप धितोपत्र दलाल व्यवसायी लाइसेन्स दिने र दोस्रो बजार पूर्ण रूपमा विद्युतीय कारोबारमा आधारित बनाउने घोषणा पनि बोर्डले गरेको छ । नयाँ उपकरण, सर्ट सेलिङ, इन्ट्रा डे ट्रडिङको अध्ययन गर्ने योजना पनि ल्याएको छ ।

बोर्डका कर्मचारी मनोबल उच्च बनाउन कर्मचारीका लागि कर्मचारी सवारी सुविधा योजना तर्जुमा गरी लागू गर्ने नीति पनि बोर्डको छ ।

नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा सर्त नियमावलीलाई समयानुकूल बनाउने र बोर्ड पदाधिकारीहरूको आचारसंहितालाई पुनरावलोकन गरी सामयिक बनाइने बोर्डको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस