त्रिविले एक वर्षसम्म सार्वजनिक गरेन स्नातक पहिलो वर्षको नतिजा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

त्रिविले एक वर्षसम्म सार्वजनिक गरेन स्नातक पहिलो वर्षको नतिजा


१२ श्रावण २०७९, बिहिबार


काठमाडौँ। २०७८ साउनमा भएको स्नातक प्रथम वर्षको परीक्षाको नतिजा त्रिभुवन विश्वविद्यालयले अझै सार्वजनिक गरेको छैन ।

नतिजा सार्वजनिक नहुँदा विद्यार्थी अन्योलमा परेका छन् । परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने नतिजा सार्वजनिक हुने क्रममा रहेको र कतिपय विषयको सार्वजनिक हुन थालेको बताए ।

उनले भने, ‘कतिपय विषयको सार्वजनिक भइरहेका छन् । सम्भवतः साउन महिनाभित्र सार्वजनिक भइसक्छन् ।’ विविध समस्याले गर्दा समयमा नतिजा प्रकाशन गर्न ढिलाइ भइरहेको बताए ।

कोभिड–१९ महामारीका कारण स्नातक तहको तेस्रो वर्षको परीक्षा सरेर चैतमा मात्रै भएको थियो । तेस्रो वर्षको नतिजा पनि अझै सार्वजनिक हुन सकेको छैन ।

स्नातक तेस्रो वर्षको नतिजा अझै नआउँदा स्नातकोत्तर तहको पहिलो सेमेस्टर फागुनभित्र भर्ना हुनुपर्ने अझै पनि हुन सकेको छैन । त्यसैले त्रिवि अन्तर्गतका क्याम्पस तथा विभागहरुको स्नातकोत्तर तहको पहिलो सेमेस्टर विद्यार्थी विहीन रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस