एकै दिन थपिए ७१० कोरोना सङ्क्रमित, २ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एकै दिन थपिए ७१० कोरोना सङ्क्रमित, २ जनाको मृत्यु


१२ श्रावण २०७९, बिहिबार


काठमाडौँ । नेपालमा एकै दिन ७१० कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार ५ हजार २५ नमुना परीक्षणमा ७१० जनामा संक्रमण पुष्टि भएको हो ।

२ हजार ५४१ पीसीआरमा ५२४ र २ हजार ४८४ एन्टीजेन परीक्षणमा १८६ जना सङ्क्रमित फेला परेका छन् ।

बुधबार ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

२४ घण्टाको अवधिमा २१५ जना निको भएका छन् । सोही अवधिमा २ जनाले ज्यान गुमाएका छन् । सङ्क्रमित संख्या बिहीबारसम्ममा ४ हजार २३६ पुगेको छ ।

२४ घण्टाको अवधिमा ५९ हजार ४७१ जनाले खोप लगाएका मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस