शेयर बजारमा दोहोरो अङ्कको वृद्धि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शेयर बजारमा दोहोरो अङ्कको वृद्धि


१२ श्रावण २०७९, बिहिबार


शेयर बजार

काठमाडौँ। शेयर बजारको उकालो यात्रा बिहीबार पनि कायम रह्यो । बजार १५.४४ अङ्कले बढेर २१२७.४५ विन्दुमा अडिएको छ ।

आजको दिन ४ अर्ब ९७ करोड ६४ लाख रुपैयाँ बढीको शेयर खरिद बिक्री भएको छ ।

आजको कारोबारमा २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको थियो ।

निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन र अन्य समूहमा गिरावट आएको छ ।

बाँकी सबै समूहमा बढोत्तरी छ । आज विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

राष्ट्र उत्थान लघुवित्त संस्था, एक्सेल डेभलपमेन्ट बैङ्क र हिमालयन पावर पार्टनरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस