लुटिएको रकमसहित दुई युवक पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लुटिएको रकमसहित दुई युवक पक्राउ


१२ श्रावण २०७९, बिहिबार


जनकपुरधाम । महिलाको रकम लुटेर फरार रहेका दुई युवालाई धनुषा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ निवासी २० वर्षीय जितेन्द्रप्रसाद साह र २१ वर्षीय दीपेन्द्र मण्डल रहेको प्रहरीले जनाएको छ ।

सबैला नगरपालिका–४ घर भई जनकपुरधाम उपमहानगरपालिका–१ निवासी शर्मिलादेवीले गत सोमबार विदेशबाट श्रीमान्ले पठाएको रु दुई लाख जनकपुरधामको मिल्स एरियास्थित एभरेस्ट बैङ्कबाट झिकेर प्लास्टिकको झोलामा रकम र मोबाइल बोकी आउँदै गर्दा लुटेर उनीहरु फरार भएका थिए ।

घटनाको सूचना पाए लगत्तै खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा लुटिएको रकमसहित दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।

पक्राउ परेका जितेन्द्रको साथबाट लुटिएको मोबाइल र रु ५४ हजार तथा दीपेन्द्रको साथबाट रु ७८ हजार बरामद भएको उनले बताए ।

सम्बन्धित समाचार : जनकपुरधाममा बैङ्कबाट रकम झिकेर फर्किँदै गरेकी एक महिलाको २ लाख रुपैयाँ लुटियो

Tags :
प्रतिक्रिया दिनुहोस