काँग्रेससँगै सहकार्य हुन्छ, अब दायाँ-बायाँ सोच्नुहुन्न : प्रचण्ड « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

काँग्रेससँगै सहकार्य हुन्छ, अब दायाँ-बायाँ सोच्नुहुन्न : प्रचण्ड


१२ श्रावण २०७९, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो संघीय निर्वाचनमा पनि नेपाली काँग्रेससँगै सहकार्य हुने र हालको गठबन्धन निरन्तर जाने बताएका छन् ।

बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे ‘ब्रिफिङ’ गर्दै प्रचण्डले एमालेसँग भने सहकार्य सम्भव नभएको बताएका हुन ।

प्रचण्डले बैठकमा समाजवादी मोर्चा निर्माणमा भएको प्रयासबारे पनि जानकारी गराएका थिए। हालको गठबन्धन भित्रकै वामपन्थी दलहरुबीच मोर्चा बन्ने भए पनि पार्टी एकता संयोजन समितिबारे कुरा नटुङ्गिएको बताएका थिए ।

‘गठबन्धनभित्रै वामपन्थीहरूको एउटा मोर्चा त बन्छ । तर,  पार्टी एकता संयोजन समिति बन्छ कि बन्दैन अझै टुङ्गिएको छैन,’ बैठकमा प्रचण्डले भनेका थिए ।

पोलिटब्युरो समितिका नाम र स्थायी समितिलाई पूर्णता दिनेबारे छलफल गर्न भोलि शुक्रबार पनि बैठक बस्ने गजुरेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस