चीनको वुहानमा फेरि लकडाउन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चीनको वुहानमा फेरि लकडाउन


१२ श्रावण २०७९, बिहिबार


काठमाडौँ । पहिलो पटक कोरोना भाइरसको संक्रमण पत्ता लागेको चीनको वुहानमा फेरि लकडाउन लागू गरिएको छ ।

वुहानको चियाङसिया जिल्लामा नयाँ बिरामी फेला परेपछि करिब दश लाख जनसंख्या रहेको उक्त सहरमा कडा खालको लकडाउन लागू गरिएको हो ।

शून्य संक्रमणको नीति लिएको चीनले न्यून मात्रामा संक्रमित फेला पर्ने बित्तिकै उक्त क्षेत्रमा कडा खालको लकडाउन गर्ने, सामूहिक परीक्षण र कठोर आइसोलेसन लागू गर्दै आएको छ ।

नियमित परीक्षणका क्रममा दुई दिनमा लगातार दुई-दुई जना संक्रमित फेला परेपछि तत्काल लकडाउन र संक्रमण नियन्त्रणका अन्य मापदण्ड लागू गरिएको हो ।

संक्रमितहरुमा कोरोनाको नयाँ भेरियन्ट संक्रमण भएको चिनियाँ अधिकारीहरूले बताएका छन् । सन् २०१९ को डिसेम्बरमा वुहान शहरमै सबैभन्दा पहिले कोरोना संक्रमितको पहिचान भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस