बजेट प्रकरण : छानबिन समितिले शुक्रबार प्रतिवेदन बुझाउने, फरक मतमा सहमति खोजिने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बजेट प्रकरण : छानबिन समितिले शुक्रबार प्रतिवेदन बुझाउने, फरक मतमा सहमति खोजिने


११ श्रावण २०७९, बुधबार


काठमाडौँ । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय समितिले आगामी शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

सिंहदरबारमा आज (बुधबार) बसेको समिति बैठकले प्रतिवेदन लेखनका बारेमा छलफल गरेको र भोलि (बिहीबार) प्रतिवेदनलाई अन्तिम रूप दिएर शुक्रबार बुझाउने तयारी गरेको समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।

उनले औपचारिक र अनौपचारिक रूपमा समितिले छानबिनका विषयमा छलफल गरेर समान धारणा बनाउने बताए ।

छलफलका क्रममा आएका फरक मतमासमेत सहमति खोजिने उनको भनाइ छ ।

सचिव अर्यालले बिहीबार साढे १२ बजे फेरि बैठक बस्ने जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस