काठमाडौँबाट सुर्खेततर्फ आउँदै गरेको बसमा ढुङ्गा खस्दा एक जनाको मृत्यु « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

काठमाडौँबाट सुर्खेततर्फ आउँदै गरेको बसमा ढुङ्गा खस्दा एक जनाको मृत्यु


११ श्रावण २०७९, बुधबार


सुर्खेत । काठमाडौँबाट सुर्खेततर्फ आउँदै गरेको बसमा ढुङ्गा खस्दा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा दैलेखको भगवतीमाई गाउँपालिका-१ की १७ वर्षीया पार्वती शाही रहेकी छन् ।

उनको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो ।

रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिकाको पैँसट्ठी भन्ने स्थानमा सडकमाथिबाट ना ७ ख ५८११ नम्बरको रात्रिकालीन बसमा ढुङ्गा खसेको थियो ।

ढुङ्गा लागेर सवारी चालक पछाडिको सिटमा बसेका दुई जना घाइते भएका थिए ।

मृतक शाहीसँगै घाइते भएकी वीरेन्द्रनगर-६ की ४५ वर्षीया राजकुमारी सुनारको भने उपचार भइरहेको छ ।

उनको अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस