एसइई नतिजा : ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थी ९ हजार ६३३(विवरणसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एसइई नतिजा : ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थी ९ हजार ६३३(विवरणसहित)


११ श्रावण २०७९, बुधबार


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको छ । आज (बुधबार) बोर्डको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव दुर्गाप्रसाद अर्यालले एसइई २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।

यस वर्षको ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ ।

त्यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउनेको संख्या ४१ हजार ६२७ रहेको परीक्षा बोर्डले जनाएको छ ।

२.८ देखि ३ दशमलव २ जिपिए ल्याउनेको संख्या ६९ हजार ९०० रहेको छ । २.४ देखि २.८ जिपिए प्राप्त गर्ने परीक्षार्थीको संख्या ९० हजार ७५८ रहेको छ भने २ देखि २.४ ल्याउनेको संख्या १ लाख १२ हजार ७३३ रहेका छन् ।

यस्तै १.२ देखि २ ल्याउनेको संख्या १ लाख ५९४, १.२ देखि १.६ ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ र जिपिए ०.८ देखि १.२ ल्याउनेको संख्या ३ हजार २८० रहेको बोर्डका सदस्य सचिव अर्यालले जनाए ।

गत वर्ष ५ लाख १४ हजार ७ सय ६० जना एसइई परीक्षार्थीले भाग लिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस