सेयर बजारले फेरि २१ सय नाघ्यो, ३ अर्ब १६ करोड रुपैयाँको कारोबार « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सेयर बजारले फेरि २१ सय नाघ्यो, ३ अर्ब १६ करोड रुपैयाँको कारोबार


११ श्रावण २०७९, बुधबार


शेयर बजार

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्सेले फेरि २१ सय अङ्क नाघेको छ । हिजो (मंगलबार) ४४ अङ्क घटेर २१ सयमुनि झरेको नेप्से आज (बुधबार) फेरि २३.८३ अङ्क बढेर २१११ अङ्कमा पुगेको हो ।

दिनभर उतारचढावका बाबजुद बढेको सेयर बजारमा ३ अर्ब १६ करोड रुपैयाँको कारोबार भयो । कुल १५६ कम्पनीको मूल्य बढ्यो भने १८ को घट्यो, ६ को स्थिर रह्यो ।

व्यापार बाहेकका सबै उपसमूहहरु बढेका छन् । सो उपसमूहको सूचक १२ अङ्क घट्यो ।

बैङ्किङ ०।९, विकास बैङ्क ५६, फाइनान्स ७५, होटल तथा पर्यटन २३, जलविद्युत् ७२, जीवन बीमा ३४, उत्पादन १९, माइक्रोफाइनान्स १०७, निर्जीवन बीमा ४३ र अन्य उपसमूह ३८ अङ्क बढे ।

जानाकी फाइनान्स, युनाइटेड मोदी र राष्ट्रउत्थान लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।

त्यस्तै नेस्डो र जल्पा लघुवित्तको मूल्य करिब १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, अरुण काबेली, गोर्खाज फाइनान्स, नेस्डो लघुवित्त र युनिभर्सल पावर क्रमश: अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस