सुरुवाती ९ दिनमै बैङ्कहरूबाट बाहिरियो ८५ अर्ब निक्षेप « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुरुवाती ९ दिनमै बैङ्कहरूबाट बाहिरियो ८५ अर्ब निक्षेप


११ श्रावण २०७९, बुधबार


काठमाडौँ । साउनको सुरुवाती ९ दिनमै वाणिज्य बैङ्कहरूबाट ८५ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ ।

नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार ९ दिनमै वाणिज्य बैङ्कहरूबाट सो निक्षेप घटेको हो ।

एसोसिएसनका अनुसार असार मसान्तसम्म कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप सङ्कलन भएकोमा साउन ९ गतेसम्म आउँदा ४४ खर्ब ५७ अर्ब रुपैयाँमा झरेको छ ।

त्यस्तै सो ९ दिनको अवधिमा कर्जा रकम १७ अर्ब घटेको छ । असार मसान्तसम्म कुल ४१ खर्ब ७५ अर्ब कर्जा प्रवाह भएकोमा साउन ९ गतेसम्म आउँदा ४१ खर्ब ५८ अर्बमा झरेको छ ।

समग्रमा गत आर्थिक वर्षमा निक्षेप ३ खर्ब ४० अर्ब थपिएको छ । २०७८ असार मसान्तसम्म कुल ४२ खर्ब १ अर्ब निक्षेप सङ्कलन भएकोमा २०७९ असार मसान्तसम्म ४५ खर्ब ४१ अर्ब कायम भएको थियो ।

२०७८ असार मसान्तदेखि ०७९ असार मसान्तसम्मको अवधिमा कर्जा ३७ खर्ब २१ अर्बबाट बढेर ४१ खर्ब ७५ अर्ब पुगेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस