नक्सा पास भएबमोजिम अन्डरग्राउन्ड प्रयोग गर्न महानगरको निर्देशन, अटेर गरे कारबाही « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नक्सा पास भएबमोजिम अन्डरग्राउन्ड प्रयोग गर्न महानगरको निर्देशन, अटेर गरे कारबाही


११ श्रावण २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नक्सा पास भएबमोजिम अन्डरग्राउन्ड प्रयोग गर्न निर्देशन दिँदै ३५ दिने सूचना निकालेको छ । निर्देशन अटेर गर्ने घरधनीलाई कारबाही गर्ने चेतावनी महानगरपालिकाले दिएको छ।

गोदाम, पार्किङलगायत प्रयोजनका लागि अन्डरग्राउन्डको नक्सा पास भए पनि त्यसो नगरी व्यवसायिक रुपमा प्रयोग भइरहेको गुनासो आएको महानगरपालिकाले जनाएको छ ।

ठमेलमा केही नाइट क्लबहरु स्वीकृतिविनै अन्डरग्राउन्डमा सञ्चालन भइरहेको बुझिएको छ । महानगरपालिकाले साउनको पहिलो साता गोरखापत्र, कान्तिपुरलगायत राष्ट्रिय दैनिकहरुमा ३५ दिने सूचना निकालेको हो ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले निर्देशन नमान्ने घरधनीलाई नियमानुसार कारबाही गरिने बताए ।

नक्सा स्वीकृत भएअनुसार काम भए काठमाडौँ महानगरपालिकामा ट्राफिक व्यवस्थापनको समस्या धेरै हदसम्म समाधान हुने काठमाडौँ उपत्यका ट्राफिक कार्यालय प्रमुख मिरा चौधरीले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस