न्याय परिषद्ले माग्यो उच्च अदालतका लागी २७ जना न्यायाधीश (सूचनासहित) « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

न्याय परिषद्ले माग्यो उच्च अदालतका लागी २७ जना न्यायाधीश (सूचनासहित)


११ श्रावण २०७९, बुधबार


काठमाडौँ । न्याय परिषद्ले २७ जना जना न्यायाधीशको लागि आवेदन माग गरेको छ । आज एक सूचना प्रकाशित गरि योग्यता पुगेकाहरूले १० दिनभित्र आवेदन दिन परिषद्ले आव्हान गरेको हो । 

संविधानको धारा १४० को उपधारा (२) बमोजिम उच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका इच्छुकले न्यायाधीश नियुक्ति प्रक्रियासम्बन्धी निर्देशिका २०७९ को अनुसूची १ बमोजिमको ढाँचामा अनुसूची २ बमोजिम स्वघोषणा समेत संलग्न गरी आवेदन दिन परिषद्ले आग्रह गरेको छ ।

कानुन व्यवसायीमध्येबाट आवेदन दिने व्यक्तिले निर्देशिकाको दफा ५ को उपदफा २ ९ग० बमोजिमको प्रक्रिया पूरा गरेको हुनुपर्ने न्याय परिषदले जनाएको छ । 

सूचना !

Tags :
प्रतिक्रिया दिनुहोस