वरिष्ठ लोक देउडा गायक हरिचन्द्र कडायतको निधन « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

वरिष्ठ लोक देउडा गायक हरिचन्द्र कडायतको निधन


११ श्रावण २०७९, बुधबार


काठमाडौँ । वरिष्ठ लोक देउडा गायक हरिचन्द्र कडायतको निधन भएको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका-२ मुम्ला घर भएका ५५ वर्षीय कडायतको सेती प्रादेशिक अस्पतालमा  बुधबार निधन भएको हो । 

अचेत अवस्थामै धनगढी स्थित नवजीवन अस्पताल पुर्‍याइएका उनको स्वास्थ्य अवस्थामा सुधार हुन नसके पछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरेर उपचार भई रहेको थियो ।

उनको मस्तिष्क घातका कारण मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। 

कडायत २०४९ सालदेखि देउडा गायन क्षेत्रमा सक्रिय रहेका थिए ।  लोक देउडा गायक कडायत ले ‘कर्णालीका भेल’‘बझाङी काल्या’ ‘ल बिणी खान्या की’लगायत विभिन्न चर्चित गीतमा गाएका थिए  ।

Tags :
प्रतिक्रिया दिनुहोस