फिलिपिन्समा ७.१ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

फिलिपिन्समा ७.१ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी


११ श्रावण २०७९, बुधबार


काठमाडौँ । फिलिपिन्सको डोलोरेस नजिक ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । राजधानी मनिलामा समेत भूकम्पको कडा धक्का महसुस गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

अमेरिकी भौगर्भिक सर्वेका अनुसार भूकम्पको केन्द्रविन्दु डोलोरेसबाट ११ किलोमिटर दक्षिणपूर्वमा रहेको छ । यो राजधानी मनिलाभन्दा ३३६ किलोमिटर टाढा पर्दछ । भूकम्प १० किलोमिटर गहिराइमा थियो ।

अमेरिकी भौगर्भिक सर्वेले ७.१ म्याग्निच्युटको भूकम्प गएको जनाएपछि कतिपयले ७।३ म्याग्निच्युट रहेको उल्लेख गरेका छन् ।

भूकम्पले भएको क्षतिको विवरण आइसकेको छैन । यद्यपि सुनामी आउन सक्ने भएकाले सतर्कताको सूचना जारी गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस