अर्थमन्त्री प्रकरण : संसदीय छानबिन समितिले बुधबार प्रतिवेदन तयार गर्ने  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अर्थमन्त्री प्रकरण : संसदीय छानबिन समितिले बुधबार प्रतिवेदन तयार गर्ने 


११ श्रावण २०७९, बुधबार


काठमाडौँ। पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय समितिले बुधबार प्रतिवेदन तयार गर्ने भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समितिको दोस्रो बैठकमा नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाका विज्ञहरूसमेत बोलाएर सीसीटीभी फुटेजबारे जानकारी लिएपछि बुधबार प्रतिवेदन लेख्ने तयारी गरेको हो ।

सीसीटीभी फुटेजका विषयमा विज्ञहरूसँग जानकारी लिएको र सबै विषय प्रतिवेदनमा नै उल्लेख गर्ने समिति सचिव सुरेन्द्र अर्यालले बताए । 

उनले अब समितिको म्याद थप गर्न पहल नगरिनेसमेत स्पष्ट पारेका छन्। 

सुरुमा १० दिनको समय पाएको समितिलाई छानबिनको समय अभाव भएको भन्दै ७ दिन म्याद थप गरिएको थियो ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस