प्राङ्क भन्दै महिलालाई एसिड हान्ने धम्की दिने युवक नवलपरासीबाट पक्राउ « प्रशासन
Logo ९ आश्विन २०७९, आइतबार
   

प्राङ्क भन्दै महिलालाई एसिड हान्ने धम्की दिने युवक नवलपरासीबाट पक्राउ


१० श्रावण २०७९, मंगलबार


काठमाडौँ । प्राङ्क भन्दै महिलालाई एसिड हान्ने धम्की दिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

बदमास केटा नामक युट्युब च्यानलका सञ्चालक नवपरासी हुप्सेकोट ३ का २६ वर्षीय प्रदीप भन्ने पूर्ण चन्द्र भुसाललाई कावासोती नवलपरासीबाट पक्राउ गरिएको हो ।

बाटोमा हिँडिरहेकी महिलालाई उनले साथमा भएको पैसा, मोबाइल, गर गहना दिनुस् नदिएमा एसिड हान्दिन्छु भन्दै भिडिओ बनाएका थिए ।

एसिड जस्तो अति संवेदनशील घातक पदार्थ प्रयोग गर्छु भनेर समाजमा नकारात्मक सन्देश फैलाउने खालको भिडिओ बनाएको प्रहरीको भनाई छ ।

भुसाललाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँबाट ७ दिनका म्याद थप गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस