मङ्सिर ४ मा चुनाव घोषणा भए आश्चर्य हुन्न : थपलिया « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मङ्सिर ४ मा चुनाव घोषणा भए आश्चर्य हुन्न : थपलिया


१० श्रावण २०७९, मंगलबार


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मन्त्रिपरिषद् बैठकले मङ्सिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा भए आश्चर्य नहुने बताएका छन् ।

आयोगले मङ्सिर २ को मिति उपयुक्त हुने परामर्श दिएको थियो । तर त्यो दिन शुक्रबार परेकाले दुई दिनपछि ४ मङ्सिर आइतबारमा गर्न सकिनेबारे प्रधानमन्त्री र मन्त्रीहरुसँग आयोगका पदाधिकारीको छलफल भएको थियो ।

स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘अबको मन्त्रिपरिषद् बैठकले मङ्सिर ४ को मिति घोषणा भए आश्चर्य हुने छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस