मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथिको संशोधन स्वीकृत « प्रशासन
Logo १८ आश्विन २०७९, मंगलबार
   

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथिको संशोधन स्वीकृत


१० श्रावण २०७९, मंगलबार


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथि राष्ट्रियसभाबाट भएको संशोधनलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

गत साउन ९ गतेको प्रतिनिधिसभाको बैठकमा सो संशोधन स्वीकृतिका लागि निर्णयार्थ पेस गर्न खोज्दा गणपूरक सङ्ख्या नपुगेपछि यो कार्यसूची आजका लागि सरेको हो ।

सो विधेयक गत असार २० गते प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पुगेको थियो ।

अब सो विधेयक प्रमाणीकरणको प्रक्रियामा जानेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस