मदिरा पिउँदा गुजरातमा २६ जनाको मृत्यु « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

मदिरा पिउँदा गुजरातमा २६ जनाको मृत्यु


१० श्रावण २०७९, मंगलबार


काठमाडौँ । मदिरा निषेधित भारतको गुजरातमा घरेलु मदिरा पिउँदा कम्तिमा पनि २६ जनाको मृत्यु भएको छ ।

अरु ४० जना भन्दा धेरै अस्पताल भर्ना भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । गुजरातको बोटाद जिल्लामा आइतबार रक्सी पिएकाहरु बिरामी परेका हुन् ।

उनीहरुको उपचार भइरहेको छ । प्रहरीले रक्सी बनाउने र बेच्ने ५ जनालाई पक्राउ गरेर कारबाही अघि बढाएको बताएको छ ।

भारतको गुजरातसहित बिहार, मिजोरम र नागल्याण्ड राज्यले मदिराको उत्पादन, बिक्री वितरण र उपयोगमा प्रतिबन्ध लगाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस