खुल्यो अवरुद्ध डुम्रे-आँबुखैरेनी सडकखण्ड « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

 खुल्यो अवरुद्ध डुम्रे-आँबुखैरेनी सडकखण्ड


१० श्रावण २०७९, मंगलबार


काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे-आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको पाँच घण्टापछि सञ्चालनमा आएको छ । आज बिहान करिब ३:०० बजेदेखि अवरुद्ध भएको थियो । 

जिल्लाको बन्दीपुर गाउँपालिका-५ याम्पा नजिक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा कयौँ सवारीसाधन राजमार्गमा रोकिन पुगेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । लामो समय सवारीसाधन रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको थियो ।

डोजरको सहायताले पहिरो पन्छाएपछि अहिले दुवैतर्फ सवारीसाधन निर्वाधरुपमा सञ्चालन भएको उनले बताए । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको अन्य सडक खण्डमा भने कुनै अवरोध नभएको उनले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस