२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसईई नतिजा भोलि सार्वजनिक गर्ने तयारी, नतिजा कसरी हेर्न ?

अ+ अ-

काठमाडौँ । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको छ । 

परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार नतिजा भोलि सार्वजनिक गर्ने तयारी छ । यसपटकको एसईईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग-अलग गरिने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि लागू हुने गरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ  न्यूनतम ४० प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ । नतिजा सार्वजनिक भएको एक-दुई हप्तामा विद्यार्थीका हातमा लब्धाङ्कपत्र अर्थात् मार्कसिट पुग्नेछ । 

यसअघि सैद्धान्तिक र  प्रयोगात्मक  दुवै तर्फको प्राप्ताङ्कलाई एकीकृत गरी अन्तिम नतिजा प्रकाशन गरिन्थ्यो । एसईई  नतिजालाई परीक्षार्थीको  प्राप्ताङ्कअनुसार आठवटा  ग्रेड  निर्धारण गरिनेछ  ।

परीक्षार्थीको प्राप्ताङ्क अनुसार ९०  भन्दा  माथि  ल्याउनेलाई  ‘ए’ प्लस  ग्रेड  मानिने छ, जसलाई  जीपीए ४  दिइनेछ । ८० देखि ९० अङ्कसम्मकालाई  ‘ए’ ग्रेड  मानिनेछ, जसलाई जीपीए ३ दशमलव ६ दिइनेछ । त्यस्तै ७०  देखि  ८० अङ्कसम्मलाई  ‘बी’ प्लस  ग्रेड मानिने छ, जसलाई जीपीए ३.२ दिइनेछ । ६० देखि ७० अङ्कसम्मलाई  ‘बी’ ग्रेड  मानिनेछ  र  त्यसलाई जीपीए २.८ दिइनेछ ।

५०  देखि  ६० अङ्कसम्मकालाई  ‘सी’  प्लस  ग्रेड  दिइन्छ र  जीपीए  २.४  मानिनेछ । ४०  देखि  ५० अङ्कसम्मकालाई  ‘डी’ प्लस  ग्रेड मानिने र जीपीए २  दिइनेछ । त्यस्तै ३५  देखि  ४०  सम्मकालाई  ‘डी’   ग्रेड मानिने  र  जीपीए १.६ दिइनेछ ।

३५ अङ्कभन्दा  तलकालाई भने  ग्रेडमा  गणना गरिने छैन । यो समूहमा पर्ने विद्यार्थी एसईईपछि माथिल्लो तहमा भर्नाका लागि अयोग्य मानिने छ । परीक्षा नियन्त्रण कार्यालयले  यस पटक दुई वर्षपछि भौतिक उपस्थितिमा परीक्षा सञ्चालन  गरेको  थियो ।

परीक्षा नियन्त्रक रायमाझीले नतिजा सार्वजनिक भएको एक महिनाभित्र ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिने जानकारी दिए। नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा  www.see.gov.np मा गएर आफ्नो सिम्बोल नम्बर राखेर पनि नतिजा थाहा पाउन सकिन्छ । त्यस्तै अरू विभिन्न माध्यमबाट पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस