बाँकेको कोहलपुरमा आफ्नै घरमा दम्पती मृत फेला « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

बाँकेको कोहलपुरमा आफ्नै घरमा दम्पती मृत फेला


१० श्रावण २०७९, मंगलबार


काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिका १४ पावर्तीपुरमा एक दम्पती मृत फेला परेका छन् । 

आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेका हुन् । श्रीमान्को शव घर बाहिर र श्रीमतीको शव घरभित्र फेला परेको प्रहरीले जनाएको छ । 

कृष्णको हातमा चोट देखिएको र मञ्जुको मुखबाट फिँज आएको देखिएको  छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस