मतदान स्थल तथा केन्द्र पुनरावलोकन कार्ययोजना तयार « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

मतदान स्थल तथा केन्द्र पुनरावलोकन कार्ययोजना तयार


१० श्रावण २०७९, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकनको गृहकार्य अघि बढाएको छ । 

आयोगले मतदाता नामावली सङ्कलन कार्यसँगै मतदानस्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी कार्य समेत अघि बढाएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी निर्वाचनलाई ध्यानमा राखेर मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन कार्ययोजना बनाइसकेको जानकारी दिए ।

सुरक्षा तथा सुविधाको दृष्टिकोणबाट मतदान केन्द्र तोक्दा अपनाउनुपर्ने आधारहरू समेत राखेर आयोगले कार्ययोजना तयार गरेको बताइएको छ । यसको लागि साउन १ गतेदेखि भाद्र ७ गतेसम्म कार्यक्रम सञ्चालन हुने गरी आयोगको गत असार ३१ गतेको निर्णयअनुसार कार्यक्रम स्वीकृत गरी जिल्ला जिल्लामा पठाई सकिएको पनि प्रवक्ता पौडेलले बताए । 

सम्पूर्ण मतदाताको हितलाई ध्यान दिई सुरक्षित, पहुँचयोग्य र विवादरहित रूपमा पायक पर्ने स्थानमा स्थल तथा केन्द्र निर्धारण गर्न निर्देशन दिइएको पनि प्रवक्ता पौडेलले बताए । यस विषयमा जिल्लामा राजनीतिक दलहरूसँग समन्वय गरिने पनि प्रवक्ता पौडेलको भनाइ छ ।

आयोगले हरेक निर्वाचनको लागि मतदाताको संख्या तथा सुरक्षा अवस्थालाई ध्यानमा राखेर मतदानस्थल तथा मतदान केन्द्र तोक्ने गरेको छ 

Tags :
प्रतिक्रिया दिनुहोस