सर्लाहीमा ट्याक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु « प्रशासन
Logo २० आश्विन २०७९, बिहिबार
   

सर्लाहीमा ट्याक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु


९ श्रावण २०७९, सोमबार


जनकपुरधाम । सर्लाहीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामनगर गाउँपालिका– ५ बस्ने २२ बर्षीय रमेशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लालीले जनाएको छ ।

गिटी लोड गरेको ना ७ त १७३५ नम्बरको ट्याक्टरले धनकौल गाउँपालिका–२ स्थित मधुवनी सडक खण्डमा आइतबार राति ठक्कर दिँदा बीआर ३० क्यू ४१०२ नम्बरको मोटरसाइकलमा सवार यादवलाई ठक्कर दिएको हो ।

ठक्करले गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मंगलबार वीरगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस