२१ सय अङ्क नाघ्यो नेप्से, कारोबार ४ अर्ब माथि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२१ सय अङ्क नाघ्यो नेप्से, कारोबार ४ अर्ब माथि


९ श्रावण २०७९, सोमबार


शेयर बजार

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्सेले २१ सय अङ्क नाघेको छ । आज (सोमबार) ५४.४५ अङ्क बढेसँगै नेप्से २१३२ अङ्कमा कायम भएको हो ।

कारोबार रकम उल्लेख्य बढेको छ । आइतबार २ अर्ब ७३ करोडको कारोबार भएकोमा सोमबार ४ अर्ब १० करोडको भयो ।

सबै उपसमूहका सूचक बढेका छन् । बैङ्किङ २१, विकास बैङ्क २१३, फाइनान्स १३८, होटल तथा पर्यटन ७५, जलविद्युत् १०७, जीवन बीमा २१०, उत्पादन १७०, माइक्रोफाइनान्स १८५, निर्जीवन बीमा १२५, अन्य १४ र व्यापार उपसमूह ५० अङ्क बढे । १७६ कम्पनीको मूल्य बढ्दा एउटाको घट्यो भने ३ को स्थिर रह्यो ।

१ दर्जन कम्पनीको मूल्य १० प्रतिशत हाराहारीले बढेको छ । नारायणी डेभलपमेन्ट, मल्टिपर्पोज फाइनान्स, सुर्योदय वमी लघुवित्त, ग्रिन डेभलपमेन्ट, युनाइटेड मोदी, मानुषी लघुवित्त, बलेफी हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो ।

अरु ६ कम्पनीहरु समृद्धि फाइनान्स, गोर्खा फाइनान्स, गुहेश्वरी मर्चेन्ट, श्री इन्भेष्टमेन्ट, पोखरा फाइनान्स र सिन्धु विकासको मूल्य साढे ९ प्रतिशतभन्दा धेरै बढ्यो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, अरुणकाबेली, नेपाल टेलिकम, हिमालयन डिस्टिलरी र माथिल्लो तामाकोसी क्रमश: अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस