कल सेन्टरमा प्रहरीलाई छापा मार्नबाट रोक्न खोज्ने ७ महिला पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कल सेन्टरमा प्रहरीलाई छापा मार्नबाट रोक्न खोज्ने ७ महिला पक्राउ


९ श्रावण २०७९, सोमबार


पक्राउ

काठमाडौँ । तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा मार्न गएको प्रहरीलाई अवरोध गरेको आरोपमा ७ जना महिला पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौँको टोली विशेष सूचनाको आधारमा छापा मार्न गैरीगाउँको कल सेन्टरमा पुगेको थियो ।

तर ती महिलाले प्रहरीलाई अभद्र व्यवहार गर्दै छापा मार्न अवरोध गरेका थिए । त्यसपछि उनीहरुलाइ पक्राउ गरेर गौशाला लगिएको छ ।

छापा मारेको कल सेन्टरबाट प्रहरीले ल्यापटपलगायतका विद्युतीय उपकरणहरु बरामद गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस