मुलुकमा युवाहरुको आवाज बुलन्द हुन थालेको छ : सभामुख « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मुलुकमा युवाहरुको आवाज बुलन्द हुन थालेको छ : सभामुख


९ श्रावण २०७९, सोमबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले मुलुकमा युवाहरुको आवाज बुलन्द हुन थालेको बताएका छन् ।

सोमबार काठमाडौँमा आयोजित राष्ट्रमा उनले काठमाडौँ धरानबाट युवाको आवाज बुलन्द हुन थालेको बताएका हुन् ।

उनले भने, ‘युवाहरुको आवाजलाई अहिले सिंगो राष्ट्रले धेरै राम्रोसँग बुलन्द गरिरहेको छ । अहिले त छिटपुट संकेतहरु मात्रै देखा परेका छन्, काठमाडौँ, धरान लगायतका ठाउँहरुमा । यो संकेत मात्रै हो, साइरन हो यो । साइरनको भाषा हामीले बुझ्नुपर्छ ।’

सभामुख सापकोटाले विश्वभर अराजकता र एक प्रकारको अन्तरविरोध मडारिन थालेको भन्दै संसारको ध्यान व्यापार, हतियारको होडबाजी र सैन्य क्षेत्रमा नै केन्द्रित भइरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस