राजदूत कैलाशराज पोखरेलले बुझाए ओहोदाको प्रमाणपत्र « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राजदूत कैलाशराज पोखरेलले बुझाए ओहोदाको प्रमाणपत्र


९ श्रावण २०७९, सोमबार


अस्ट्रेलिया । अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले अस्ट्रेलियाका गभर्नर जनरल डेभिड हर्लीलाई ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

क्यानबेरास्थित दूतावासले एक विज्ञप्ति जारी गर्दै क्यानबेरास्थित गभर्नर हाउसमा आयोजित औपचारिक कार्यक्रममा पोखरेलले हर्ली समक्ष नेपाली राजदूतका रुपमा ओहोदाको प्रमाणपत्र बुझाएको उल्लेख गरेको छ ।

कार्यक्रममा गभर्नर जनलर हर्लीले नेपाल र अस्ट्रेलियाको द्विदेशीय सम्बन्ध लामो रहेको स्मरण गर्दै पोखरेलको सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।

हर्लीले नेपाल अस्ट्रेलियाबिच रहेको सम्बन्ध विश्वास, समझदारी र सहकार्यका कारण अझ सुमधुर र गाढा बनेकोमा खुसी व्यक्त गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

राजदूत पोखरेलले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट पठाइएको सन्देश गभर्नर जनरललाई सुनाएका थिए । पोखरेललाई गार्ड अफ अनरसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा अस्ट्रेलियाली सरकारकातर्फबाट वैदेशिक विभागका अधिकारीका साथै चिफ अफ प्रोटोकलको समेत सहभागिता रहेको थियो भने नेपाली टोलीका तर्फबाट दूतावासका अधिकारी सहभागी थिए ।

नेपाल सरकारको तर्फबाट राजदूत नियुक्ति भए लगत्तै पोखरेल करिब एक साताअघि अस्ट्रेलिया आएका हुन् । यसभन्दा पहिले राजदूत रहेका महेशराज दाहाललाई तत्कालीन सरकारले फिर्ता बोलाएपछि पोखरेल वर्तमान सरकारको सिफारिसमा अस्ट्रेलियाका लागि राजदूत नियुक्त भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस