नेपालमा सुटिङ भएको बलिउड फिल्म ‘उचाई’ कात्तिक २५ गते रिलिज हुने « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

नेपालमा सुटिङ भएको बलिउड फिल्म ‘उचाई’ कात्तिक २५ गते रिलिज हुने


९ श्रावण २०७९, सोमबार


काठमाडौँ । नेपालमा छायाङ्कन भएको बलिउड फिल्म ‘उचाई’ आगामी कात्तिक २५ गते रिलिज हुने भएको छ । निर्देशक सुरज वर्जत्यले आज सोमबार फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् ।

अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको मुख्य भूमिका रहेको ‘उचाई’को छायाङ्कन नेपालका पर्यटकीय थलोमा भएको हो ।

नेपालको कथावस्तु समेत रहेकाले फिल्मले नेपाली बजारमा समेत राम्रो कमाइ गर्न सक्ने अपेक्षा राखिएको छ । साथै नेपालको पर्यटनलाई पनि यो फिल्मले टेवा पुर्‍याउन सक्ने आशा लिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस