भीमसेन थापाको जन्मजयन्तीमा गोरखामा सार्वजनिक बिदा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

भीमसेन थापाको जन्मजयन्तीमा गोरखामा सार्वजनिक बिदा


९ श्रावण २०७९, सोमबार


गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले राष्ट्रिय विभूति भीमसेन थापाको जन्मजयन्तीको अवसरमा आज गाउँपालिकाभित्र सार्वजनिक बिदा दिएको छ ।

राष्ट्रिय विभूति थापाको २४७औँ जन्मजयन्तीको अवसरमा पालिकाभित्र सार्वजनिक बिदा दिइएको त्यहाँका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।

‘यो गाउँपालिका थापाको जन्मथलो भएकाले उहाँको सम्झना र सम्मानमा आज जन्मजयन्तीको अवसर पारेर पालिकाभित्र सार्वजनिक बिदा दिइएको हो,’ उनले भने ।

सार्वजनिक बिदाको दिन पालिकाअन्तर्गतका सबै सरकारी कार्यालय, सङ्घसंस्था बन्द हुने गाउँपालिकाले जनाएको छ ।

जन्मजयन्तीका अवसरमा आजै गाउँपालिकाको वडा नं ८ स्थित थापाको जन्मथलो बोर्लाङको पिपलथोकस्थित हवेली दरबार परिसरमा निर्माण गरिएको थापाको पूर्णकदको सालिक अनावरण गर्ने कार्यक्रमसमेत रहेको छ । ‘असार २९ गते बसेको गाउँ कार्यपालिकाको बैठकले पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो,’ अध्यक्ष बन्जराले भने।

Tags :
प्रतिक्रिया दिनुहोस