बागीलाई कारबाही, नखटेकालाई मौका दिने एमाले कर्णालीको निर्णय  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बागीलाई कारबाही, नखटेकालाई मौका दिने एमाले कर्णालीको निर्णय 


९ श्रावण २०७९, सोमबार


काठमाडौँ । भर्खरै सकिएको स्थानीय चुनावमा पार्टीका उम्मेदवारलाई हराउन गतिविधि गर्नेलाई कारबाही गर्ने निर्णय गर्दै एमाले कर्णाली प्रदेश कमिटिको बैठक सकिएको छ ।

नेकपा एमालेका प्रदेश उपसचिव टेकराज पछाईका अनुसार प्रदेश कमिटीले बागी उम्मेदवारी दिएका र अन्तर्घात गर्नेहरूलाई जिल्ला कमिटिमार्फत आएको सिफारिसको आधारमा कारबाही प्रक्रिया अघि बढाइने भएको हो ।

टिकट नपाएको झोँकमा प्रचारमा नजाने, निष्क्रिय बस्नेहरूका हकमा भने एक पटकका लागि सच्चिने मौका दिइने उनले बताए ।

बैठकले ३५ सदस्यीय सचिवालय गठनका लागि पदाधिकारीलाई जिम्मा दिने निर्णय पनि गरेको छ ।

संघीय र प्रदेश निर्वाचनलाई फलदायी बनाउने योजना बनाएका र जसरी हुन्छ जित्ने गरी लाग्ने, गठबन्धन्धन सरकारका जनविरोधी कामहरूको भण्डाफोर गर्ने, कमिटी प्रणालीलाई अनुशासित बनाउने, बलियो बनाउने र कमीकमजोरीलाई सच्याउँदै अघि बढ्ने निर्णय भएको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस