मुख्यसचिव नै अध्यक्ष रहेको संस्थालाई पीपीएमओको डण्डा ! गलत सिफारिस भन्दै कालो सूचीमा नराख्ने निर्णय « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

मुख्यसचिव नै अध्यक्ष रहेको संस्थालाई पीपीएमओको डण्डा ! गलत सिफारिस भन्दै कालो सूचीमा नराख्ने निर्णय


९ श्रावण २०७९, सोमबार


काठमाडौँ । एक व्यवसायी तथा निर्माण कम्पनीलाई कालो सूचीमा नराख्ने निर्णय गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्भवतः पहिलो पटक फ्रेन्डस् कन्सर्न, कुपन्डोल, ललितपुर तथा मुख्य व्यक्ति गगनदेव प्रसाद साहलाई कालो सूचीमा नराख्ने निर्णय गरेको हो ।

कालो सूचीमा राख्न लेखी पठाउने निजामती कर्मचारी अस्पतालको निर्णयबिरुद्ध कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा(१) तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ को उपनियम (१०) बमोजिम कालो सूचीमा नराखिएको जनाएको हो ।

निजामती अस्पताल सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारको मुख्य सचिव रहने व्यवस्था छ भने सदस्यहरुमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव, अर्थ मन्त्रालयको सचिव(राजश्व), कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव, राष्ट्रिय योजना आयोगको सचिव र कार्यकारी निर्देशक सदस्य सचिव रहने व्यवस्था छ ।

सार्वजनिक निकायले गलत मनसायबाट सिफारिस गरेको अवस्थामा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा नराख्न पनि सक्छ है भन्ने सन्देश दिन पनि सो निर्णय गरिएको कार्यालयका एक अधिकारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस