चुनावमा भएको खर्च मन्त्री भएपछि असुल्न थाल्छन् : प्रचण्ड « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

चुनावमा भएको खर्च मन्त्री भएपछि असुल्न थाल्छन् : प्रचण्ड


९ श्रावण २०७९, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पैसा नहुने र अनेक खालका तिकडम गर्न नजाने चुनाव जित्न नसकिने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक कमरेड नरबहादुर कर्माचार्यको ९ औँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष प्रचण्डले सङ्घ प्रदेशका चुनावमा खर्च गर्न नसक्नेले र अनेक खालका तिकडम गर्न नजानेले चुनाव नजित्ने बताएका हुन् ।

उनले २०६४ को चुनावमा माओवादीबाट जो उठेपनि जित्ने अवस्था रहेको बताउँदै अब त्यस्तो अवस्था नरहेको बताए ।

उनले भने, ‘निर्वाचन प्रणाली सुरुमा त क्रान्तिको रापताप हुँदाखेरि जो उठेपनि जित्ने जस्तो भएको थियो । २०६४ को चुनावमा माओवादी भनेर उठाइदिएपछि जितिहाल्ने जस्तो भएको थियो । अहिले त्यस्तो छैन । अब धेरै पैसा खर्च गर्न सकेन भने अनेक खालका तिकडम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ ।’

उनले चुनावमा खर्च गरेको पैसा मन्त्री भएपछि असुल्ने गरेको समेत खुलाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस