अछाम पहिरो : एकै परिवारका ३ जनाको मृत्यु « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

अछाम पहिरो : एकै परिवारका ३ जनाको मृत्यु


९ श्रावण २०७९, सोमबार


९ साउन, काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुरिँदा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ ।

स्थानीय पदम सिंह विष्टको घर पुरिँदा उनका परिवारका सदस्यहरूको मृत्यु भएका वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय अछामले पनि एकै परिवारका तीन जनाको मृत्यु भएको पुष्टि गरे पनि मृतकको परिचय खुल्न बाँकी रहेको जनाएको छ ।

पहिरोमा पुरिएर एक जना घाइते भएका छन् । उनलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ ।

गएराति १ बजेतिर पहिरो खसेको थियो । घटनाको थप विवरण आउन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस