प्रहरी परिसर काठमाडौँमा बैङ्किङ कसुरका मुद्दा हेर्न खटाइए छुट्टै डिएसपी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रहरी परिसर काठमाडौँमा बैङ्किङ कसुरका मुद्दा हेर्न खटाइए छुट्टै डिएसपी


९ श्रावण २०७९, सोमबार


काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँमा बैङ्किङ कसुरका मुद्दा हेर्न प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई खटाइएको छ । 

उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र धानुकले लेनदेन र बैङ्किङ कसुर मुद्दा हेर्ने गरी डिएसपी श्रीराम भण्डारीलाई खटाएका हुन् ।

एआईजी धानुकले काजमा भण्डारीलाई खटाएका हुन् । यसअघि बैङ्किङ कसुर सम्बन्धी मुद्दा परिसरको मुद्दा शाखाका डिएसपीले हेर्ने गरेका थिए ।

परिसरमा २ जना डिएसपीको मात्रै दरबन्दी छ । लेनदेन विवादका मुद्दा प्रहरीले हेर्न नपाउने कानुनी व्यवस्था भए पनि ‘ठाडो उजुरी’ र जिल्ला प्रशासन कार्यालयको शान्ति सुरक्षाको पत्रको आवरणमा प्रहरीले त्यस्ता विवाद हेर्दै आएको छ । 

डिएसपी खटाएसँगै काठमाडौँ जिल्लाभरिका चेक बाउन्सका मुद्दा टेकु स्थित प्रहरी परिसर बाट हेर्न थालिएको छ । काठमाडौँको मातहतमा डिएसपी इन्चार्ज हुने १४ वटा प्रहरी वृत्त छन् । 

उनीहरूलाई बैङ्किङ कसुरका मुद्दा हेर्ने कानुनी अधिकार दिए पनि उपत्यका प्रहरी कार्यालयले छुट्टै अधिकृत खटाएर मुद्दा केन्द्रीकृत गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस