साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज नेपाल मालदिभ्ससँग भिड्दै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज नेपाल मालदिभ्ससँग भिड्दै


९ श्रावण २०७९, सोमबार


काठमाडौँ । नेपाली युवा टोलीले आज साफ यू-२० च्याम्पियनसिपअन्तर्गत पहिलो खेलमा मालदिभ्ससँग प्रतिस्पर्धा गर्दै छ ।

नेपाल र माल्दिभ्सबीचको खेल भारतको भुवनेश्वरस्थित कालिंगा रङ्गशालामा नेपाली समयानुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ ।

यसअघि, १९ र १८ वर्षको उमेर समूहमा हुँदै आएको यो प्रतियोगिता यसपटक २० वर्षमुनिको उमेर समूहमा हुन लागेको हो । नेपालले पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो । पछिल्लो संस्करणको उपाधि भारतले जितेको थियो ।

प्रतियोगितामा नेपालले दोस्रो खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बङ्गलादेशसँग अगस्ट २ मा खेल्नेछ । राउन्ड रोबिन लिगपछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुनेछ ।

नेपालका कप्तान आयुष घलानले आफूहरू बिनादबाब खेल्ने बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस