चीनबाट फर्केका एमबीबीएस विद्यार्थीका लागि मेडिकल काउन्सिलको चार बुँदे निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चीनबाट फर्केका एमबीबीएस विद्यार्थीका लागि मेडिकल काउन्सिलको चार बुँदे निर्णय


८ श्रावण २०७९, आइतबार


काठमाडौँ । चीनको विभिन्न विश्वविद्यालयमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरूका लागि नेपाल मेडिकल काउन्सिलले चार बुँदे निर्णय गरेको छ ।

२०१६ ब्याजका विद्यार्थीको पढाई अवधि र इन्टर्नसिप सम्बन्धमा चिकित्सा शिक्षा आयोगको सहमति अनुसार चीनका एमबीबीएस अध्ययन गरेका नेपाली विद्यार्थीहरूलाई नेपालमै २ वर्ष इन्टर्नसिप गर्न दिने निर्णय गरेको छ ।

एक वर्षे अनिवार्य इन्टर्नसिप नेशनल गाइडलाइन्स फर मेडिकल इन्टर्नसिप ट्रेनिङ २००७ अनुसार वा विश्वविद्यालयले तोकेबमोजिम पुरा गर्नुपर्ने, इन्टर्नसिपभन्दा पहिलेको एक वर्षे अध्ययनको हकमा चार वटा प्रमुख विषयहरू मेडिसिन, सर्जरी, गाइनेअब्स र पेडियाट्रिक्स समावेश गर्नुपर्ने निर्णय भएको बताइएको छ ।

त्यसै गरी, विद्यार्थीहरूको अध्ययन अवधि दर प्रमाणपत्र प्राप्त गर्ने समयावधि बारेमा कुनै द्विविधा भए मेडिकल काउन्सिल वा सम्बन्धित कलेजमा सम्पर्क गरी यथार्थ विवरण बुझेर मात्रै विद्यार्थीहरूको अपुग अध्ययन अवधि यकिन गरेर अध्ययन सुरु गर्ने र कोरोनासँग सम्बन्धित रहेर विदेशमा अध्ययन गरेका विद्यार्थीको अध्ययन अध्यापन गर्ने विषय सम्बोधन नहुने काउन्सिलले प्रस्ट पारेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस