पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १६ जना घाइते « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १६ जना घाइते


८ श्रावण २०७९, आइतबार


बुटवल । पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ज५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका-२ लघुवामा आइतबार बेलुकी ५ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा ३ महिला र ३ पुरुषको घटनास्थलमा नै मृत्यु भएको र घाइते भएका १६ जनालाई उपचारका लागि तानसेन अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस