ठूला दल सत्ता टिकाउनमा नै केन्द्रित रहेको लिङ्देनको आरोप « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

ठूला दल सत्ता टिकाउनमा नै केन्द्रित रहेको लिङ्देनको आरोप


८ श्रावण २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले ठूला दलहरु सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाएका छन् ।

नेपाल प्राज्ञिक परिषद्ले आइतबार नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्ग चित्रको आवश्यक्ताु विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको उल्लेख गरे ।

देश पूर्णरुपले अभिभावकविहीन भएको उनको दाबी थियो । अध्यक्ष लिङ्देनले नेपाली जनताको चाहनाविपरीत एमसीसी, एसपीपी सम्झौता गर्ने र देशलाई कमजोर बनाउने काम सरकारले गरेको बताए । उनले कुनै पनि बेला देशले आफ्नो अस्तित्व गुमाउन सक्ने अवस्था देखिन थालेको भन्दै चिन्ता व्यक्त गरे ।

अध्यक्ष लिङदेनले देशलाई दुर्घटनाबाट बचाउन सचेत नेपालीहरु एकजुट हुनुपर्ने बेला भएको बताए । अध्यक्ष लिङ्देनले देशमा रहेका विद्यमान समस्या समाधान पूर्ण समानुपातिक संसद्, अभिभावकीय संस्थाको रुपमा राजा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहेको बताए ।

उनले आफ्नो पार्टी आउने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा यो मुद्दालाई मुख्य विषय बनाएर जनताको बीचमा जाने बताए ।

प्रतिक्रिया दिनुहोस