पछिल्लो २४ घण्टामा थप ३४७ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पछिल्लो २४ घण्टामा थप ३४७ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु


८ श्रावण २०७९, आइतबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तीन हजार ८८८ वटा नमुना परीक्षण गर्दा सो संक्रमण पुष्टि भएको हो ।

आज सङ्क्रमणका कारण २ जनाको मृत्यु भएको छ । योसँगै सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ । त्यस्तै आज ९५ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै देशभर सक्रिय सङ्क्रमितको संख्या ३ हजार १७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस