छानबिन समितिद्वारा सिंहदरबारको दक्षिण र पश्चिम गेटको सिसिटिभी फुटेज माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

छानबिन समितिद्वारा सिंहदरबारको दक्षिण र पश्चिम गेटको सिसिटिभी फुटेज माग


८ श्रावण २०७९, आइतबार


काठमाडौँ । संसदीय छानबिन समितिको आज (आइतबार) बसेको बैठकले बजेट निर्माणको अघिल्लो रात सिंहदरबारमा को आएका हुन् भन्ने प्रमाण जुटाउनका लागि दक्षिण र पश्चिम गेटको सिसिटिभी फुटेज मगाउने भएको छ ।

छानबिन समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले आज समितिका सदस्यहरूले सिंहदरबारको दक्षिण र पश्चिम गेटको सिसिटिभी फुटेज मगाउने निर्णय भएको बताए ।

अर्थ मन्त्रालयभन्दा गेटमा लामो समय फुटेज रहने भएकाले नै समिति फुटेज मगाएको स्रोतले बतायो ।

Tags :
प्रतिक्रिया दिनुहोस