रावलको प्रश्न : सरकार कहाँ छ, यो देशमा छ कि अन्त कतै ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

रावलको प्रश्न : सरकार कहाँ छ, यो देशमा छ कि अन्त कतै ?


८ श्रावण २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेका सांसद भीम रावलले अहिलेसम्म पनि सरकारले एसपीपी अस्वीकृत गरेको पत्र अमेरिकी सरकारलाई नपठाएको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाएका छन् ।

आइतबार संसद‍्मा बोल्दै रावलले अमेरिकी स्टेट पाटर्नरसीप प्रोग्राम (एसपीपी) बारे संसद र संसदीय समितिको सर्कुलरलाई यो सरकारले सुने पनि नसुनेझै गरेको भन्दै आपत्ति जनाए।

उनले भने, ‘अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) को सम्बन्धमा सरकारको निर्णय कार्यान्वयनको अवस्था र पत्र पठाएको अवस्थाको सम्बन्धमा के छ ? भनेर यो सम्मानित सदनलाई जानकारी गराउन सम्माननीय सभामुखज्यूले निर्देशन दिएको ५ दिन पुग्यो । एसपीपीको पत्र पठाएको के छ भनेर निर्देशन दिएको ५ दिन पुग्यो । सरकार कहाँ छ यो देशमा छ कि अन्त कतै छ ?’

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय र संसद्को निर्देशन पनि यो सरकारले नसुनेको बताए ।

‘सम्माननीय सभामुखले दिएको निर्देशन पनि नसुन्ने सरकारले कहिलेदेखि कान सुन्नलाई कहिलेदेखि सर्व शक्ति गुमायो ? भन्ने प्रश्न उठ्छ कि उठ्दैन, ’ उनले भने । उनले नेपाल सम्झौता पीडित देश भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस