राजापुर नगरको बजेट एक अर्ब तीन करोड « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राजापुर नगरको बजेट एक अर्ब तीन करोड


८ श्रावण २०७९, आइतबार


बाँके । राजापुर नगरपालिकाको नवौँ नगर सभाले रु एक अर्ब तीन करोड ७४ लाख ५३ हजारको बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाका उपप्रमुख मनकलाकुमारी चौधरीले आजको नगर सभामा आव २०७९/८० का लागि बजेट प्रस्तुत गरेकी हुन् ।

प्रस्तुत बजेटले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको उपप्रमुख चौधरीले बताइन् । उनका अनुसार शिक्षाका लागि रु सात करोड नौ लाख विनियोजन गरिएको छ ।

भौतिक पूर्वाधारको विकास, युवालाई तालिम, कृषि एम्बुलेन्स, पशुबाली बिमा, तरकारी सङ्कलन केन्द्र, कोल्डस्टोर, विशेषज्ञ डा, द्वन्द्वपीडितलाई तालिम, बेपत्ताका पत्नीलाई सामाजिक सुरक्षा भत्ता, सबै स्थानीय कर्मचारी र नगर शिक्षकको तलब वृद्धि, कल्याण कोषजस्ता कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गरिएको छ ।

नगरप्रमुख दीपेश थारुको अध्यक्षता सम्पन्न नगर सभाले आजै नीति तथा कार्यक्रमसहित बजेट पारित गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस