भक्तपुरमा रुख ढल्दा बसमा सवार १६ जना घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भक्तपुरमा रुख ढल्दा बसमा सवार १६ जना घाइते


८ श्रावण २०७९, आइतबार


भक्तपुर । भक्तपुरमा रुख ढलेर बसलाई किच्दा १६ जना घाइते भएका छन् ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएकाे छ ।

सल्लाघारी चोङा गणेशमा वनको रुख सडकमा ढल्दा ठिमीबाट भक्तपुर दुधपाटीतर्फ जाँदै गरेको बा २ ख ३५८४ नम्बरको बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई किचेको थियो ।

घाइतेहरुको इवामुरा अस्पताल, भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल र मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस